काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शुक्रबारका लागि ८ वटा इजलास तोकेका छन् र बुधबार र बिहीबार आफ्नो एकल इजलास तोकेका प्रधानन्यायाधीश राणाले आज आफूसहित कुमार चुडालसमेत रहेको संयुक्त इजलास तोकेका हुन ।
उनले आठ इजलासमा ३० वटा पेसी राखेका हुन् । तोकिएका इजलासमा न्यायाधीश बस्न वा नबस्ने टु्ंगो लागेको छैन ।
त्यस्तै दीपककुमार कार्की र प्रकाशमानसिंह राउतको इजलासमा २४, मीरा खड्का र सुष्मालता माथेमाको इजलासमा २४, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा १९, आनन्दमोहन भट्टराईको एकल इजलासमा १६, वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा २४, टंकबहादुर मोक्तान र हरिप्रसाद फुयालको इजलासमा २६ मुद्दा तोकिएका छन् ।
त्यस्तै प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा १७ वटा पेसी तोकिएको छ । ८ वटा इजलासमा प्रधानन्यायाधीशले १ सय ७२ वटा मुद्दाको पेसी तोकेको सर्वोच्चले जानकारी दिएको छ । गत आइतबार मध्याह्नदेखि सर्वोच्च अदालतमा इजलास तोकिए पनि सुनुवाइ अघि बढन सकेको छैन । न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आइरहेका छन ।