बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

0

काठमाडौं : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएक हुन् ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मुख्यमन्त्रीका लागि दाबी माग गरेका थिए । नेता पाण्डेले मुख्यमन्त्री पदका लागि दाबी गरेबमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका छन् ।

पाण्डेको मन्त्रिपरिषदमा माओवादीबाट कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल मन्त्री बनेे‍का छन् ।

Leave A Reply

Your email address will not be published.