न्यायाधीशहरूसँग प्रधानन्यायाधीश राणाले भने- म राजीनामा दिन्नँ
काठमाडौं : सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशबीच छलफल सकिएको छ ।
प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि १५ जना न्यायाधीशले सामूहिक रूपमा भेटेर आफ्ना धारणा प्रस्तुत गरेका हुन् । प्रधानन्यायाधीशलाई भेटेर न्यायाधीशहरू फेरि सामूहिक छलफलमा बसेका छन् ।
न्यायिक नेतृत्व सम्पूर्ण रूपमा असफल भएको ठहर गर्दै न्यायपालिकालाई थप संकटबाट जोगाउन प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणालाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।
जवाफमा प्रधानन्यायाधीश जबराले आफुले राजीनामा नदिने बताएका छन् । उनले अरु विवादित न्यायाधीश सबैले राजीनामा दिए आफु पनि राजीनामा दिन तयार रहेको जवाफ दिए ।