एमालेले आज देशभर पालिका अधिवेशन गर्दै

0

काठमाडौं : दशौं राष्ट्रिय महाधिवेशनको तयारी रहेको एमालेले मंगलबार देशभरका सबै स्थानीय तहको अधिवेशन गर्दैछ ।

अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम छ ।

बाढीपहिरोका कारण प्रभावित भएका बाहेक सबै पालिकाको अधिवेशन एकै पटक आयोजना गरेर नयाँ नेतृत्व छनोट गर्न लागिएको हो ।

एमालेमा आज ६ सयभन्दा बढी स्थानीय तहको नेतृत्व छनोट हुने अपेक्षा गरिएको छ । एमाले विधान अनुसार गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ सदस्य रहेको कमिटी गठन गर्नसक्ने व्यवस्था छ ।

त्यसैगरी उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ । सो कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव तथा उप सचिव १–१ जना निर्वाचित हुनेछन् । कमिटीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ ।

एमालेले गत शनिबार एकै पटक देशभरको ६ हजार ७ सय ४३ वडा अधिवेशनको आयोजना गर्दै नेतृत्व छनोट गर्ने तयारी गरेको थियो ।

बाढी पहिरोको कारण स्थगित भएको बाहेक करिब ६ हजार वडाको नेतृत्व छनोट गरिएको दाबी एमालेले गरेको छ । जसमा अधिकांश स्थानमा नेतृत्व सर्वसम्मत रुपमा चयन भएको बताइएको छ ।

एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा दशौं राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.