प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने असन्तुष्ट न्यायाधीशहरुको निर्णय

0

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मार्ग प्रशस्त गर्नका लागि आग्रह गर्ने भएका छन । सोमबार बसेको न्यायाधीसहरुको बैठकले मंगलबार विहान प्रधानन्यायाधीश जबरालाई भेटेर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको हो । 

सर्वोच्चका अधिकांश न्यायाधीशले अदालत विवादमा परेको भन्दै प्रधानन्यायाधीशले निकास दिनुपर्ने निस्कर्ष न्यायाधीशहरुको छ । प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट तथा इजलास बहिष्कार गरेर सामूहिक छलफलमा जुटेका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटर राजीनामाका लागि आग्रह गर्ने भएका हुन् । 

मंगलबार विहान न्यायाधीशहरुले साढे एघार बजे प्रधानन्यायाधीस राणासँग छलफल गर्ने समय समेत तय भएको छ । 

विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नियमित जस्तै पेशी तोकी आफू बाहेकका न्यायाधीशको इजलास तोकेका थिए । तर न्यायाधीशहरु इजलासमा सहभागी नभइ छुट्टै छलफल गरेका हुन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका गतिविधिप्रति न्यायाधीसहरुले प्रश्न उठाइरहेका छन् । न्यायाधीशहरु इजलासमा नगई बैठकमा बसेपछि पेशी तोकिएका २ सय १६ मुद्दा प्रभावित भएका छन् । 

सोमबार घर बिदामा रहेका कारण न्यायाधीश कुमार चुडाल अदालत उपस्थित भएनन् । यस्तै सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा खप्तड घुमघाममा रहेकाले अनुपस्थित रहेका छन् । न्यायाधीश ईश्वर खतिवडा अमेरिका, तेजबहादुर केसी घर बिदामा र नहकुल सुवेदी बिरामी भएका कारण अदालतमा उपस्थित भएका छैनन् ।  

Leave A Reply

Your email address will not be published.