युरोपमा बढ्दै कोरोना संक्रमण
एजेन्सी : पूर्वी युरोपमा कोरोना संक्रमितको संख्या दुई करोड नाघेको छ । पछिल्लो समय युरोपमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा छ ।
कोरोना भाइरसविरुद्धको खोप अभियान अपेक्षाकृत रुपमा अघि नबढदा संक्रमण उकालो लागेको छ ।
युरोपमा दैनिक ८३ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परिरहेका छन् । नयाँ संक्रमितको यो संख्या अघिल्लो वर्षको नोभेम्बरयताकै उच्च हो ।
युरोपभर कोरोना नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध हटेसँगै संक्रमण बढेको छ । युरोपका केही मुलुकमा जनसंख्याको आधा मानिसले पनि कोरोना खोप नलगाएको बताइएको छ ।
समग्रमा युरोपमा ६२ प्रतिशत मानिसले कम्तीमा एक मात्रा कोरोना खोप लगाएका छन् । युक्रेनमा एक डोज कोरोना खोप पाउनेको संख्या केवल १९ प्रतिशत मात्रै छ ।