एनआरएनको बिबाद संरक्षक परिषदलाई जिम्मा दिएर समाधान निकाल्न पररास्ट्रमन्त्रिको सुझाब, आइतबार पूर्व अध्यक्षहरुको बैठक बस्दै

0

परराष्ट्रमन्त्री डा नारायण खड्कालले गैरआवासीय नेपाली संघ (एनआरएनए्) को १० औं अन्तरराष्ट्रिय महाधिवेशनको जिम्मेवारी पूर्व अध्यक्षहरु रहेको संरक्षक परिषदलाइ दिएर समस्या समाधान गर्न सुझाव दिएका छन् । एनआरएनएको १० औ अन्तरराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन , पररास्ट्र मन्त्रालयले महाधिबेशन प्रतिनिधि बिबादका कारण स्थगित गर्ने निर्देशन गरेको अवस्थामा मन्त्री खड्कालाई भेट्न् गएको एनआरएनएको प्रतिनिधि मन्डललाई उक्त सुझाब दिएका हुन ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने, भबन भट्ट लगायतको प्रतिनिधि मण्डललाइ परराष्ट्रमन्त्री खड्काले बिधान बिपरित भएका कुराहरु सच्याएर सहमति कायम गरि महाधिबेशन छिट्टो सम्पन्न गर्न निर्देशन गरेकाछन ।

मन्त्रालय श्रोतका अनुसार अध्यक्ष पन्त सहितको प्रतिनिधि मन्डलले ६५ प्रतिशत प्रतिनिधि चयन आफूहरुले भने बमोजिम दिनका लागि अनुरोध गर्दा मन्त्री खड्काले बिधान अनुसार नभए पूर्व अध्यक्ष रहेको संरक्षक परिषदको सुझाब अनुसार गर्न भनेका हुन । मन्त्री खड्काको उक्त निर्देशन पछि अध्यक्ष पन्तले आईतवार पूर्व अध्यक्षहरुको बैठक बोलाएकाछन ।

Leave A Reply

Your email address will not be published.