कोरोना महामारीको कारण पत्ता लगाउने अन्तिम मौका : डब्लुएचओ

0

एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना महामारीको कारण पत्ता लगाउने अन्तिम मौका रहेको बताएको छ ।

डब्लुएचओले हालै गठन गरेको २६ सदस्यीय विज्ञ समूहका लागि कोरोनाको उत्पति पत्ता लगाउने अन्तिम मौका हुने जनाएको हो ।

डब्लुएचओले गतवर्षदेखि नै चीनको वुहान सहरबाट सुरु भएको कोरोना महामारीको कारणबारे अध्ययन गरिरहेको छ ।

डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले चीनले पर्याप्त सहयोग नगर्दा अनुसन्धानमा बाधा परेको गुनासो गरेका छन् ।

चीनले सहयोग गरे कोरोनाको उत्पतिका बारेमा अध्ययन गर्ने ठूला मौका मिल्ने उनको भनाइ छ । गत फेब्रुअरीमा डब्लुएचओको टोली चीन गएपनि सरकारको पर्याप्त सहयोग नभएकाले अपेक्षा अनुसार अनुसन्धान गर्न नसकेको जनाएको छ ।

डब्लुएचओले चीनमा कोरोना भाइरसबाहेक अन्य उच्च जोखिमयुक्त रोगका बारेमा पनि अनुसन्धान गर्ने जनाएको छ । चीनको वुहान सहरबाट कोरोना फैलिएको पुष्टि भएपनि त्यसको कारण भने अझै अस्पष्ट छ ।

कतिपयले वुहानमा रहेका प्रयोगशालाबाट कोरोनाको जिवाणु मानिसमा सरेको जनाएपनि त्यसको आधिकारीक पुष्टि हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.