संस्थाको कार्यकारिणि अधिकार दुरुपयोग गरेर चुनाव जित्ने प्रपञ्च गरेकोले संकट निम्तिएको हो , कुल आचार्य

0

गैर आबासीय नेपाली संघका सल्लाहकार एबम आगामी कार्यकालका लागि अध्यक्ष पद्का उम्मेद्वार कुल आचार्यले बिधानको बर्खिलाप ब्यक्ति बिशेषको फाईदा हेरेर संस्थाको कार्यकारिणी अधिकारको दुरुपयोग गरिएकोले पररास्ट्र मन्त्रालयले सचेत गराउने अवस्था आउनु संस्थाको ब्रिहत्तर हित बिपरित भएको बताउनु भएकोछ । संस्थाले कमाएको लाखौं नेपालीको आबिभाबकत्व र राष्ट्रिय अन्तरराष्ट्रिय विश्वाशलाई निमिट्यान्न बनाउनेहरुलाई कार्यबाही हुनु पर्ने र ब्यक्तिले चुनाव जित्नका लागि गरेका बिधी पद्धती बिरुद्धका कृयाकलाप सच्याउन र एनआरएनएलाई मर्यादित संस्था बनाउन आफु संघर्षरत रहेकोले सबैको साथ समर्थन आबस्यक रहेको उहाको भनाइछ ।

गैर आबासीय नेपाली संघ साईप्रसले आयोजना गरेको बिजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै आचार्यले साइप्रस र नेपाल सरकार बिच श्रम सम्झौता नहुँदा त्यँहा कार्यरत १० औ हजार नेपाली दाजुभाइ दिदीबहिनीहरुले अबस्यक सेवा सुबिधा बाट बन्चित हुनु परेको बिषयलाई गम्भिरतापुर्बक लिएको र समाधानका लागि तुरुन्त प्रयास गर्ने विश्वाश पनि दिलाउनु भयो । संगठन भित्रका बिबादलाई बढाइ चढाई नगर्न आग्रह गर्दै समाधान गर्ने शक्ती एनआरएनए सँग भएकोले छिट्टै संस्थाका गतिबिधी बिधान पद्धति अनुसार हुनेछन भन्दै सकारात्मक् हुन पनि आग्रह गर्नु भयो ।

गैर आबासीय नेपाली संघका युरोप संयोजक नारायण आचार्यले संगठनको बर्तमान अवस्थामा विश्व भरिका एनआरएनहरु चिन्तित रहेको अवस्थामा नेत्रित्वले जिम्मेवारी र कर्तब्य पुरा गर्न नसकेको भन्दै ६ महिना म्याद थप्ने , पररास्ट्रलाई उचित स्पष्टिकरण दिएर संगठनका गतिबिधी अगाडि बढाउने , एनसीसीहरुमा भएका बिबाद समाधानका पहल गर्न ब्यापक सहमतिको बातावरण गर्नु पर्नेमा संस्थाको सर्बोच्च निकाय आईसिसीको बैठक नहुनु र दीर्घकालिन असर रहने केही निर्णय भएको भनेर बाहिर आउनु दु:खद हो भन्नु भयो ।

आफुले गल्ती गर्ने अनि जुन निकायले संस्थाको बिधानलाई मान्यता दिए मात्र लागु हुन्छ, त्यही निकाय पररास्ट्र मन्त्रालयले बिधान अनुसार समस्या समाधान गर भनेकोलाई राजनितीकरणको नाम दिएर प्रपोगन्डा गर्नुले बर्तमान नेत्रित्व झन उदांगो भएकोछ । पररास्ट्रले राखेको चासोलाई काङ्रेस पार्टिसँग जोडेर प्रचार गर्नु पनि संघको र नेपाली काङ्रेस पार्टिको सम्बन्धमा दरार ल्याउने षड्यन्त्र हो भन्दै आचार्यले सम्बेदनशिल बनेर समस्या समाधानमा लाग्न आग्रह गर्नु भयो ।

नेपाली राजदुताबास इजरायलका उपनियोग प्रमुख अर्जुन घिमिरेले बिजया दशमीमा साइप्रसबासी नेपाली दाजुभाई दिदीबहिनिहरुलाई शुभकामना ब्यक्त गर्दै एनआरएनए साइप्रसले अबैतनिक रुपमा नेपालीहरुलाई सहयोग गरी रहेकोले दुतावासको तर्फबाट धन्यवाद दिनु भयो । उहाले दुताबास एनआरएनए साइप्रस सँग मिलेर नेपालहरुका समस्या समाधानमा हातेमालो गर्न पनि तयार रहेको बताउनु भयो ।

एनआरएनका पूर्व सल्लाहकार पुष्प थापाले अहिले एनआरएन भित्र देखिएको बिबाद संस्थाको आफ्नै बिधान पालन नगेकोले आएको हो भन्दै सामाजिक सन्स्थामा सामाजिक ब्यक्ति र सामाजिक सोच आबस्यक छ भन्नु भयो ,

साइप्रसका बिभिन्न सामाजिक संस्थाका प्रतिन्धीहरुले समुदायको एकता र सहमति कायम होस् भन्दै शुभकामना आदानप्रदान गर्नु भएको थियो । एनआरएनए साइप्रसका अध्यक्ष कुन्दन कार्कीको सभापतित्वमा भएको कार्यक्रम महसचिब राधा पोख्रेल थापाले सन्चालन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.