मनोज गजुरेलले कसे लगनगाँठो
काठमाडौं : कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले सोमबार मन्जु पोखरेलसँग डोलेश्वर महादेवको मन्दिरमा गएर विवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
स–परिवार मानव सेवा आश्रम कौशलटारमा का बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेको मनोजले उल्लेख गरेका छन ।
उनले सामाजिक सञ्जालमा नीजि जिन्दगीका विषयमा टिका टिप्पणी नगरिदिन पनि अनुरोध गरेका छन् । मनोजका अनुसार मञ्जु न्याय सेवाकी कर्मचारी हुन् ।
मनोजले पहिलो पत्नी मीरा ढकालसँग ४ वर्षअघि सम्बन्धविच्छेद गरेका थिए । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका दुई जना अन्ततः सहयात्रा गर्ने निर्णयमा पुगेको उनको भनाइ छ ।