अन्तरराष्ट्रिय धादिङ्ग समाजको अध्यक्षमा राजन खकुराल , प्रथम उपाध्यक्षमा बेल्जियमका काशी दनै,
अन्तराष्ट्रिय धादिङ समाजको आज आईतवार सम्पन्न भएको महाधिवेशनले राजन खकुरालको अध्यक्षतामा सर्बसम्मत कार्यसमिती चयन् गरेकोछ ।
समाजको बरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ(नेपाल) प्रथम उपाध्यक्षमा
दनै(बेल्जियम) द्धितीय उपाध्यक्षमा सबिन थपलिया(अस्ट्रेलिया)महासचिव राजेन्द्र श्रेष्ठ(जापान)सचिवमा राजेन्द्र थपलिया(दक्षिण कोरिया) सचिवमा बाबुकाजि भण्डारी(जापान) कोषाध्यक्षमा भगवती उप्रेती(नेपाल) सह कोषाध्यक्षमा रामकुमार थापा(नेपाल) निर्वाचिन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा निरु त्रिपाठी(अस्ट्रेलिया)शरद शर्मा दाहाल(अस्ट्रेलिया)दिपेश सिंखडा(अस्ट्रेलिया)रामबाबु दनै(जापान) राजेश्वर बस्नेत(जापान)सुजता दुवाडी(जापान) महिन्दो वाईवा(बेल्जियम) र विशमाल तिवारी(बेल्जियम) निर्वाचित हुनुभएको छ ।
निवर्तमान अध्यक्ष नानुकाजी अर्यालको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा संघीय सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्य रहेको थियो।अधिवेशनमा प्रदेश सांसद जगत सिंखडा,नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगाना,एनआरएनए अध्यक्ष कुमार पन्त, एनआरएनए आईसीसी सह कोषाध्यक्ष लोक प्रसाद दाहाल, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आर्चाय,जिल्ला समन्वय समितिका उपप्रमुख बिन्दा बरामु लगायतको विशेष आतिथ्य रहेको थियो ।
यसैगरी धादिङका १३ वटै स्थानिय तहका प्रमुखहरु,नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष राजाराम शर्मा,स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पौडेल,जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुवन झा लगायत सरोकारवाला निकायहरुको आतिथ्य रहेको थियो ।
धादिङबाट विभिन्न पेशा तथा व्यावसायको लागि विश्वभर छरीएर रहेका नेपालीहरुको अन्तरराष्ट्रिय संगठनले जिल्लामा सामाजिक, परोपकारी र बिकासनिर्माणका काममा सहयोग गर्दै आईरहेकोछ ।