एनआरएनएको १०औं महाधिबेशन र विश्व सम्मेलन स्थगित

0

गैरआवासीय नेपाली संघको यहि अक्टोबर २३/२४ मा हुने भनिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको छ ।
गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिना भित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित गरेको संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी गराएकाछन ।

संघको संस्थापन पक्षले बिधान बिपरित आगामी नेत्रित्व चयनमा समुह बिशेषलाई जिताउन सहज् हुने गरि प्रतिनिधि चयनमा धादली गरेको भनि संघको नियामक पररास्ट्र मन्त्रालयमा उजुरी परे पछि बनेको छानबिन समितिले बिधान बिपरितका निर्णय सच्याउन निर्देशन गरेको अवस्थामा संघले उक्त निर्णय गरेको हो ।

संघको पदाधिकारी बैठकले महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिएकोले निर्वाचनका सबै प्रकृया स्थगित गर्ने निर्णय गर्नु परेको बताएकोछ ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको भर्चुअल बैठकले मन्त्रालयबाट प्राप्त पत्रको बिस्त्रित अध्ययन गर्ने र आगामी कदम चाल्ने निर्णय पनि गरेकोछ ।


साथै उक्त बैठकले संघले विधान अनुरुप ६ महिना कार्यकाल थप्ने र अधिबेशनका प्रकृया अगाडि बढाउने गरि तयारी पनि गरेकोछ । संघको कुमार पन्त नेत्रित्वको बर्तमान समितिको कार्यकाल १८ अक्टोबरमा सकिदैछ ।

Leave A Reply

Your email address will not be published.