काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कोरोना महामारी नियन्त्रण गर्न सफल बनिरहेको भन्दै विदेशबाट प्रशंसा आइरहेको बताएका छन् ।
आइतबार साक्षर गण्डकी घोषणा कार्यक्रममा उनले कोरोना नियन्त्रण गर्न सफल भएकै कारण बेलायत सरकारले नेपाली नागरिकलाई भिसा दिएको बताए ।
प्रधानमन्त्री देउवाले पूर्ण रुपमा कोरोना नियन्त्रण गर्न नसकेपनि क्रमिक रुपमा नियन्त्रण गर्न सरकार सफल भएको दाबी समेत गरे ।
प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताए । उनले जनताको भोटबाट प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुन्छ भन्ने पुष्टी भइसकेको बताए ।
प्रधानमन्त्री देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दैै शिक्षा आम नागरिकको मौलिक हक भएको बताए । उनले शैक्षिक व्यवस्थापनमा समयानुकुल सुधार गर्ने बताउँदै शिक्षालाई अनिवार्य निःशुल्क गर्दै जाने नीति सरकारले अवलम्बन गर्दै आएको बताए ।