पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाउने
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष पनि विजयादशमीमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।
कोरोना महामारीको जोखिम कायमै रहेको भन्दै पूर्वराजा शाहले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गरेका हुन् ।
शाहले गत वर्ष पनि कोरोना संक्रमण फैलन सक्ने भन्दै सर्वसाधारणलाई टीका लगाइ दिएका थिएनन् ।
यसैगरी महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरुमा दर्शन गर्ने कार्यक्रम पनि पूर्वराजा शाहले स्थगित गरेका छन् ।
कोरोनाको असहजताको स्थितिमा भीडभाड हुन सक्ने भन्दै शक्ति पीठहरुको दर्शन गर्ने कार्यक्रम स्थगित गरेको शाहको निजी सचिवालयले जनाएको छ ।