मुख्यमन्त्री राउतले पाए विश्वासको मत
काठमाडौं : प्रदेश नम्बर २ का मुख्यन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल विभाजनपछि उनले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिएका हुन् ।
राउतलाई नेकपा एमाले र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीबाहेक अन्य दलले समर्थन गरेका कारण उनको सरकार सुरक्षित भएको हो ।
प्रदेशसभामा भएको मतदानमा राउतले ७७ मत प्राप्त गरेका छन् । विपक्षमा २३ मत परेको छ । १ सय ४ सदस्यीय प्रदेश सभामा ४ जना सांसद भने अनुपस्थित भएका छन् ।