एमालेमा नयाँ प्रस्ताव : ५ उपाध्यक्ष र ६ सचिव राख्‍ने, उपमहासचिव पद नै खारेज

0

काठमाडौं : नेकपा एमालेले पार्टीमा उपमहासचिव पद नै खारेज गर्ने प्रस्ताव ल्याएको छ । गोदावरीमा जारी विधान अधिवेशमा गरिएको प्रस्तावमा उपमहासचिव खारेज गर्ने र ५ जना उपाध्यक्ष र ६ जना सचिव राख्ने नयाँ प्रस्ताव गरेको हो ।

विधानमा पेश भएको संशोधन प्रस्तावमा एकजना अध्यक्ष, पाँचजना उपाध्यक्ष, एकजना महासचिव, ६ जना सचिव र सदस्य २१२ जनासहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने प्रस्ताव पेश भएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन् । बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्नेछन् । 

सहभागीहरूलाई सम्मेलन केन्द्रमा नै खाना र खाजाको व्यवस्था गरिएको छ। केन्द्रमा राखिएको मिडिया सेन्टरबाट लाइभ हेर्न सकिने व्यवस्था मिलाइएको छ । महाधिवेशन सफल बनाउन भन्दै एमालेले २ सयबढी स्वयंसेवक खटाएको छ ।

त्यस्तैगरी, कोरोना संक्रमणको जोखिम कायमै रहेकाले मास्क, सेनिटाइजर लगायतको व्यवस्था गरी स्वास्थ्य मापदण्डसमेत अपनाइएको एमालेले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.