गाउँ गाउँमा केपी ओली र कमल थापाको आतंक छ : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो जनयुद्धमा लडाईंमा शहिद बन्न पाइन भनेर गुनासो गर्नेहरु अहिले पद पाइएन, पैसा पाइएन, मन्त्री पाइएन भनेर रुने गरेको बताएका छन् ।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा अध्यक्ष दाहालले लडाईंंका क्रममा मर्न तयार भएर अग्रसर हुनेहरु अहिले पद, पैसा, कमिसनको लोभमा फसेको बताए । उनले माओवादीमा उच्च पदमा पुग्नेहरु दलाल बनेको पनि दाबी गरे ।
अध्यक्ष दाहालले गाउँ गाउँमा प्रतिगामीका मतियारहरु केपी ओली र कमल थापाको आतंक रहेको आरोप लगाए ।
अध्यक्ष दाहालले नेकपा भएको अवस्थामा आफ्नै पार्टीको अध्यक्षले प्रतिक्रान्ति गरेर संसद विघटनमा गएपछि आफू भगत सिंहको चलचित्रमा चन्द्रशेखरजस्तै आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेको बताए ।
दाहालले सबै राजनीति दलहरुसंग सल्लाह गरेर फेरि लड्ने, जेल जानुपर्छ भनेरजाने, मारिनु पर्छ भनेर पुस ५ पछिको आन्दोलन थालेको सुनाए ।