काठमाडौंमा सभा जुलुस, जात्रा, महोत्सव गर्न रोक

0

काठमाडौं : काठमाडौं जिल्लामा बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भिडभाड, मेला र महोत्सव गर्न रोक लगाइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेश जारी गर्दै घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।

कोभिड–१९ संक्रमण कायम रहेको बताउँदै प्रशासन कार्यालयले अर्को आदेश जारी नहुँदासम्मका लागि यस्तो व्यवस्था लागू गरिएको जनाएको छ ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।

बैठक, गोष्ठी, सेमिनारहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने र गर्नैपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गराउनुपर्ने भनिएको छ । होटल पार्टी प्यालेसमा बढीभन्दा बढी मानिसलाई सहभागी गराउनुपरे एन्टीजेन, पीसीआर परीक्षणको व्यवस्था मिलाउन भनिएको छ ।

वित्तिय संस्थालाई अनलाइनबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत प्रशासनले आदेश दिएको छ । उद्योग कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोभिड मापदण्ड पालना गर्दै संचालन गर्न समेत आदेश दिइएको छ ।

प्रशासनले आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न आग्रह गरेको छ । सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने आदेश पनि भएको छ ।

No description available.
No description available.
Leave A Reply

Your email address will not be published.