प्रदेश २ काे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ ।
बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।
प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई वितरण गर्ने साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।
टोलीले साइकल खरिद र वितरणसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका साइकल खरिदसम्बन्धी फाइल अनुसन्धानका लागि केन्द्रमा पठाउने अख्तियारले जनाएको छ ।