तल्लो तहका अधिवेशनहरु सार्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय सम्मेलनलाई प्रभावित नगर्ने गरी तल्ला तहका सम्मेलनहरु सारिएको छ ।
सोमबार विहान पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यसअघि तय भएको महाधिवेशनलाई प्रभावित नपार्ने गरि तल्ला तहका सम्मेलन केही पर सार्ने निर्णय गरेको हो ।
माओवादीले कात्तिक ६ गते टोल, १३ वडा सम्मेलन र मंसिरमा ४ स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको हो ।
प्रदेश र केन्द्रको अधिवेशन भने हेरफेर गरिएको छैन । त्यस्तै बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्नुपर्ने निर्णय गरेको छ ।
साथै बैठकले मन्त्रीपरिषद्लाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।
बैठकमा सरकारको पूर्णताको लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलपल भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए ।
सदन अदालतसँग जोडिएको कानूनि जटिलता हेरे लगत्तै मन्त्रीमण्डल बिस्तारमा छलफल अगाडि बढ्ने सदस्य गुरुङले बताए ।