काठमाडौं : नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास गरेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पश्चिम रुकुम मुसिकोट-११ बस्ने खीमबहादुर घर्ती रहेका छन् ।
नारायणहिटी संग्रहालय अवलोकन गर्ने बहानामा श्रीपेच चोर्न लागेका बेलामा उनी पक्राउ परेका हुन् । सिसा फुटाएर श्रीपेच चोर्दा उनको हात काटिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका घर्ती दरबारमार्ग वृत्तको नियन्त्रणमा रहेका डिएसपी रामेश्वर पौडेलले जनाए ।
प्रहरीको सोधपुछमा भने घर्तीले आफुलाई राजा बन्न मन लागेर श्रीपेच चोर्न खोजेको बताएको प्रहरीले जनाएको छ । ती युवकमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।