काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । शुक्रबार र शनिबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
विधान अधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्तावलाई पारित गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । बैठक ललितपुरस्थित तुलसीलाल प्रतिष्ठान च्यासलमा बैठक बस्ने छ ।
असोज ४ गतेको स्थायी कमिटीको बैठकले ओलीको राजनीतिक प्रतिवेदनसँगै सांगठनिक र विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।
एमालेको विधान अधिवेशन असोज १५–१७ सम्म गोदावरीमा हुँदैछ । उक्त अधिवेशनमार्फत् एमालेले पार्टीको सैद्धान्तिक पक्ष टुंग्याउन लागेको हो । एमालेमा पहिलोपटक विधान अधिवेशन र महाधिवेशन फरक–फरक हुन लागेको हो ।