ड्रिम टिम नेदरल्यान्डले जित्यो “A7 साइड एन्वेरपेन कप” एनएमसी माउन्टएभरेस्ट माल्टा दोश्रो र वोल्भस एफसी एन्त्वेरपेन तेश्रो,
बेल्जियममा भएको “A7 साइड फुटबल प्रतियोगिता एन्तवेर्पेन कप ” को उपाधी ड्रिम टिम नेदरल्यान्डले जितेकोछ । शनिबार र आईतवार बेल्जियमको एन्तवेरपेन शहरमा भएको खेलमा एनएमसी माउन्टएभरेस्ट माल्टा द्वीतिय र वोल्भस एफसी एन्त्वेरपेन टिम त्रितिय भएकाछन ।
बिजेताले २५०० युरो , द्वीतीयले १००० युरो र त्रितीयले ५०० युरो नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेकाछन । बेस्ट प्लेयर सांगे तामाङ ड्रिम टीम , उत्कृष्ट गोल रक्षक बिरेन गुरुङ ड्रिम टीम र धेरै गोल गर्ने खेलाडी सुजन घले बनेकाछन भने उत्कृष्ट टीमको उपाधी एनआरएनए पोर्तुगलले पाएकोछ ।
लिग र नकआउट सिस्टमबाट खेलाईएको खेलमा युरोपमा हुर्की रहेका नेपाली समुदायका दोश्रो पुस्ताका खेलाडी आबद्ध जम्मा १६ वटा टिमले भाग लिएका थिए ।
एन्तवेरपेनका फूटबल प्रेमीहरुको समुह एन्त्वेर्पेन गाइज आयोजक रहेको प्रतियोगिताको सहजिकरण चन्द्र शर्माले गरेका थिए ।






