संविधानको सफल कार्यान्वयन र रक्षा गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन र रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

सातौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको माध्यमबाट सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले नेपालको संविधानले शहीदहरुको सपना, नागरिकको आकांक्षा र नेपाली जनताको भविष्यलाई एकाकार गरेको उल्लेख गर्दै संविधानको कार्यान्वयनमार्फत जनताको मुहारमा खुसी ल्याउने सरकारको लक्ष्य रहेको समेत धारणा राखे ।

देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यम संघीय, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संविधानको मूल उदेश्य भएको उल्लेख गर्दै यस विषयमा निरन्तर इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले यो महिनाभित्र एक तिहाई र यस वर्षभित्र खोप लगाउनयोग्य सबै नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने बताए । वर्तमान सरकारको पहिलो प्राथमिकतामा कोभिड-१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्नु रहेको उनको जिकिर छ ।

Leave A Reply

Your email address will not be published.