गायिका देबिका केसीको नयाँ गीत ‘नयाँ गलबन्दी’ सार्वजनिक
नेपाली सांगीतिक क्षेत्रमा चीरपरिचित गायिका देबिका केसीको नयाँ गीत ‘नयाँ गलबन्दी’ सार्वजनिक भएकोछ ।
असोज एक गते सार्वजनिक गरिएको गीतमा देबिकाको साथमा ‘आइएमई नेपाल लोक स्टार’ का विजेता सनि विश्वकर्माको स्वर रहेकोछ । ख्यातिप्राप्त संगीतकार शिव हमालको शब्द र संगीत रहेको नयाँ गलबन्दीको भिडियोमा पल शाह र बर्षा राउतले अभिनय गरेकाछन ।
हाल क्यानडामा बस्दै आएकी गायिका केसीले गीतलाई सकारात्मक प्रतिकृया पाएको बताएकिछिन , श्रोता दर्शकबाट प्राप्त कमेन्टमा शब्द, संगीत, एरेन्ज र स्वर सबै पक्षको प्रशंशा गरिएकोले नयाँ गलबन्दी टिम उत्साहित भएको गायिका केसीले चारदिशालाई बताइन ।
गीत सार्वजनिक भएको २४ घण्टामा डेढ लाख भ्यूज पाएको गीत ट्रेन्डिङमा शिर्ष स्थान हासिल गर्ने रफ्तारमा रहेकोछ । सुनिल क्षेत्रीले निर्देशन गरेको नयाँ गलबन्दीलाई दुर्गा पौडेलले द्रिस्यान्कन गरेकाछन भने अमृत चापागाईंले सम्पादन गरेका हुन ।
गायक शिव हमालको अफिसियल युटुयुब च्यनालबाट उक्त गीत सार्वजनिक गरिएको छ।