काबुल ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार
एजेन्सी : अफगानिस्तानको काबुलमा भएको ड्रोन हमलामा दश जना सर्वसाधारण मारिएको भन्दै अमेरिकाले माफी मागेको छ । अमेरिकी सेनाका जनरल फ्र्यांक म्याकेन्जीले पत्रकार सम्मेलन गरेर काबुल छाडनुअघि आफूहरुले गरेको आक्रमणमा सर्वसाधारण मारिएको भन्दै माफी मागेका हुन् ।
म्याकेन्जीले घटनालाई एउटा दुःखद् क्षण भनेका छन् । निर्दोष मानिस मार्नु कुनै उद्देश्य नभए पनि विद्रोहीलाई जवाफ दिने क्रममा सर्वसाधारण मारिएको सेनाको भनाइ छ ।
यसअघि अमेरिकाले विमानस्थल आक्रमण गर्न खोज्ने विद्रोहीलाई आक्रमण गरिएको दाबी गरेको थियो ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आक्रमणमा परेर मृत्यु भएकाका परिवारलाई भेटेर समवदेनसमेत व्यक्त गरेका छन । विदेशमन्त्री अस्टिनले अमेरिकाले सो गल्तीबाट पाठ सिक्दै अघि बढ्ने प्रतिवद्धतासमेत जनाएका छन् ।
अफगानिस्तानमा तालिबानले कब्जा जमाए पछि २६ अगस्टमा काबुल विमानस्थलमा भएको आत्मघाती आक्रमणमा १३ अमेरिकीसहित २ सयभन्दा धेरैको मृत्यु भएको थियो । त्यसको बदला लिनको लागि पछि अमेरिकाले ड्रोन आक्रमण गरेको थियो ।