बेल्जियममा युरोप स्तरिय फुटबल प्रतियोगिता हुँदै , युरोपभरिका १६ टिमले खेल्ने
बेल्जियमका फुटबल प्रेमी युबाहरुले आयोजना गरेको ” 7 साइड फुटबल प्रतियोगिता ” बेल्जियमको एन्तवेरपेन शहरमा भोलि शनिबार र आईतवार हुने भएकोछ । शनिबार विलरेइक र आईतवार दुर्नेमा हुने खेलहरुमा युरोप भरिका १६ वटा टिमले भाग लिनेछन ।
लिग र नकआउट सिस्टमबाट खेलाइने खेलमा प्रथम हुने टिमले २५०० युरो , द्वीतिय १००० युरो र त्रितियले ५०० युरो नगद पुरुस्कार पाउनेछन । एनआरएनए पोर्तुगलका अध्यक्ष रविन अधिकारीको नेत्रित्वमा २ वटा पोर्तुगिस टिम र माल्टाको एनएमएफसी माउन्टएभरेस्ट र खुकुरी गरि २ वटा, नेदरल्यान्डबाट ड्रिमटिम ए र बि गरी दुई टिम सहित् १६ टिम खेलमा सह्भागि हुने भएकाछन ।
आयोजक मध्यका दर्शन गुरुङले २ दिन सम्म चल्ने खेलमा उपस्थित भएर खेलाडीहरुको हौशला बढाई दिन बेल्जियमबासी नेपालीहरुलाई अनुरोध गरेका छन ।
