वृहत् नागरिक आन्दोलनले ‘संविधान संशोधन मार्च’ आयोजना गर्ने

0

काठमाडौं : वृहत् नागरिक आन्दोलनले वर्तमान संविधान पुनर्लेखन र संशोधनमार्फत् अद्यावधिक गर्न दबाब दिन ’संविधान संशोधन मार्च’ आयोजना गर्ने भएको छ ।

आन्दोलनले संविधानमा सबैको आवाज नसमेटिएको भन्दै संशोधनका लागि दबाबमुलक कार्यक्रम अगाडि बढाउने जनाएको हो ।

आन्दोलनले संविधान दिवसको अवसरमा यही असोज ३ गते  राजधानीमा ‘संविधान संशोधन मार्च’ आयोजना गर्ने जनाएको छ । आन्दोलनले असोज ३ गते माइतीघरबाट संविधान मार्च सुरु गरी संसद् भवनअगाडि संविधान पुनलेखन र संशोधन दबाब सभा आयोजना गर्ने जनाएको हो ।

प्रदर्शन सामाजिक न्यायसहितको उन्नत संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको अठोट अभिव्यक्त गर्नका लागि गर्न लागिएको आयोजकको भनाइ छ । जनदवावबाट मात्र जनाकांक्षाहरू सुनुवाइ गराउन सकिने हुनाले सबै संघर्षशीलहरूबीच उक्त दिन वृहत् ऐक्यबद्धता प्रदर्शित गर्दै आफ्ना असहमति र विरोध संगठित रूपमा प्रकट गर्ने आयोजकको भनाइ छ ।

मोर्चाले गत फागुन ७ गते प्रजातन्त्र दिवसका दिन टुँडिखेलमा जारी गरेको नागरिक घोषणापत्रमाजनताका आधारभूत हक, अधिकारसहित सबै न्यायपूर्ण माग सम्बोधन गर्ने गरी पुनर्लेखन र संशोधनमार्फत् संविधान अद्यावधिक गर्नुपर्ने र राज्य व्यवस्थामा नागरिक सर्वोच्चता कायम गर्नुपर्ने ठहर गर्दै प्रदर्शन गरेको थियो ।  

जात, रंग, धर्म, भाषा, भूगोल र वर्गका आधारमा हुने विभेद हटाउने नीतिहरूको अभाववशः हाम्रो लोकतान्त्रिक परिपाटी बलियो हुन नसकेकोमा कार्यक्रममार्फत नागरिक मार्चले ध्यानाकर्षण गराउन खोजेको हो । 

Leave A Reply

Your email address will not be published.