चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु, ६० भन्दा बढी घाइते
एजेन्सी : चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानमा भुकम्प गएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान ४ बजेर ३३ मिनेटमा ६ म्याग्नेच्युडको भूकम्प गएको हो ।
तिब्बतसँग जोडिएको प्रान्त सिचुवानको लोचौ केन्द्रविन्दु भएर भुकम्प गएको हो । भुकम्पमा परेर दुई जनाको मृत्यु भएको छ । ६० भन्दा बढी घाइते भएका छन् ।
भूकम्पले केही घरहरू भत्काएको चिनिया सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पपछि सरकारले आपतकालीन उद्धार जारी राखेको छ ।
अहिलेसम्म ६ हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको पिपुल्स डेलीले जनाएको छ।