पन्जशीर उपत्यकामा तालिबानले फहरायो आफ्नो झण्डा

0

एजेन्सी : तालिबानले अफगानिस्तानको पन्जशीर उपत्यकामा विजय प्राप्त भएको घोषणा गर्दै आफ्नो झण्डा फहराएको छ ।

अफगानिस्तानका सबै क्षेत्र तालिबानको नियन्त्रणमा जाँदा पनि राजधानी काबुलबाट उत्तर तर्फ रहेको पन्जशीर उपत्याका प्रान्त भने तालिबानको कब्जा बाहिर थियो ।

पन्जशीर उपत्यकामा भएको पछिल्लो युद्धमा आफूहरू विजयी भएको तालिबानको दाबी छ । आफ्ना लडाकुहरुले झण्डा फहराउँदै गरेको भिडियो समेत उसले सार्वजनिक गरेको छ ।

नेशनल रेसिस्टेन्स फ्रन्ट ‘एनआरएफ’ का लडाकुहरुले अझै पनि रणनीतिक रुपमा महत्वपूर्ण क्षेत्रमा आफूहरुको उपस्थिति रहेको र युद्ध जारी रहेको प्रतिक्रिया दिएका छन् ।

एनआरएफका नेताले तालिबानविरुद्ध देशभरबाट अभियान थाल्न आह्वान गरेका छन् । एनआरएफका नेता अहमद मसूदले अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई वैधानिकता प्रदान गरेको र सैन्य तथा राजनीतिक विश्वास दिएको भन्दै आलोचना समेत गरेका छन् ।

तालिबानले तीन हप्ता अघि अफगानिस्तानमा नियन्त्रण कायम गरेको थियो । तालिबान २० वर्षपछि फेरि सत्तामा आएको छ ।

Leave A Reply

Your email address will not be published.