एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

0

काठमाडौं : एमसीसीको विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न पुगेका मोहन बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा आवद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार दिउँसो महाराजगंजस्थित अमेरिकी दुतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौंता भएको उल्लेख गर्दै खारेज गर्न दबाब दिइरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीहरुले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौंता तत्काल खारेज गर’ भन्नेलगायतका चर्का नाराबाजी गरेका थिए ।

अखिल क्रान्तिकारीले एमसीसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिँदै आएको छ ।

यता, सरकारले एमसीसीबारे स्पष्ट पार्न माग गर्दै अमेरिकी सरकारलाई पत्राचार गरेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो सम्झौंता पारित गर्ने षड्यन्त्र नगर्न सरकारलाई सचेत गराउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.