प्रदीप पौडेलले महामन्त्री उम्मेदवारी दिने
काठमाडौं : कांग्रेसका युवा नेता प्रदीप पौडेलले आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।
पौडेल १३औँ महाधिवेशनदेखि नै नेता कृष्णप्रसाद सिटौला समूहमा छन् । १४औँ महाधिवेशनमा पनि उनले सिटौला समूहबाटै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
१३औँ महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दिएका थिए ।
यसपटक पनि थापाले महामन्त्रीमै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर, उनले सिटौला समूहसहित संस्थापनइतर पक्षको एकतामा जोड दिएका छन् ।
पौडेलले १३ औँ महाधिवेशनमा खुलातर्फ छैटौँ नम्बरमा केन्द्रीय सदस्य जितेका थिए । त्यसबेला उनले एक हजार सात सय नौ महत पाएका थिए ।
पौडेल नेविसंघमा केन्द्रीय सदस्य, उपसभापति हुदै केन्द्रीय अध्यक्षसमेत बनेका थिए ।