दार्चुला तुईन प्रकरणमा सरकारले भारतलाई औपचारिक पत्र पठाउँदै

0

काठमाडौं : दार्चुला तुईन प्रकरणमा नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाउने भएको छ । परराष्ट्र मन्त्रालयले भारतलाई औपचारिक रुपमा पत्र पठाउन लागेको हो । 

परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेर बहादुर देउवाले भारतसँग कुटनीतिक पहल थाल्न निर्देशन दिएपछि परराष्ट्र मन्त्रालयले पत्राचार गर्न लागेको हो । 

दार्चुलाका जयसिंह धामी महाकाली नदी तर्नेक्रममा तुइनबाट खसेर बेपत्ता भएको घटनामा भारतीय सिमा सुरक्षा बल एसएसबीको दोष रेहको निष्कर्ष गृह मन्त्रालयको छानविन समितिले निकालेको थियो । 

प्रतिवेदनका आधारमा समस्या समाधानका लागि अनुरोध गर्दै सरकारले भारतलाई पत्राचार गर्न लागेको हो । 

यसअघि भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिँदा नेपाली युवा महाकालीमा खसेर बेपत्ता भएको घटनाबारे भारतले औपचारिक जानकारी नपाएको प्रतिक्रिया दिएको थियो । गम्भीर घटनामा सरकारले छिटो कूटनीतिक पहल नगरेको भन्दै आलोचना हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.