प्रदेश २ मा एमालेका थप दुई सांसदले रोजे एकीकृत समाजवादी

0

काठमाडौं : नेकपा एमालेबाट निर्वाचित प्रदेश दुईका थप दुई प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

आइतबार प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् ।

उनीहरुले निर्वाचन आयोगको प्रदेश कार्यालय जनकपुर पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

उनीहरु गत शुक्रबार नेकपा एमालेको वीरगंजमा आयोजित प्रदेश कमिटीको बैठकमा सहभागी भएका थिए ।

यसअघि गत बिहीबार प्रदेश २ का १० एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए । प्रदेश २ मा एमाले छाडेर एकीकृत समाजवादी रोज्ने प्रदेशसभा सदस्यको संख्या १२ पुगेको छ ।

उपचारका क्रममा दिल्लीमा रहेका डिल्ली उप्रेतीको पनि आइतबार साँझसम्ममा सनाखत भइसक्ने जनाइएको छ ।

दिल्लीस्थित नेपाली दूतावासको रोहवरमा उप्रेतीको सनाखत गरेर निर्वाचन आयोगलाई पत्र पठाउने तयारी भइरहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.