नेपालसँग कुनै सीमा विवाद छैन : चीन

0

काठमाडौं : चीनले नेपालसँग सीमा क्षेत्रमा कुनै विवाद नभएको प्रष्ट पारेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले विज्ञप्ति प्रकासित गरेर सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको बताएका हुन् ।

दूतावासले केही व्यक्तिले यसअघि पनि नेपाल र चीनबीच कथित सीमा विवाद निम्त्याउने प्रयास गरेको भन्दै यसबारे परराष्ट्र मन्त्रालयले त्यतिबेला जारी गरेको प्रष्टीकरण बुझ्न पनि आग्रह गरेको छ ।

सरकारले चीनमा रहेको सीमा विवादबारे अध्ययन गरी प्रतिवेदन बुझाउन हालै एक समिति बनाएपछि चीनको पछिल्लो प्रतिक्रिया आएको हो ।

दूतावासको विज्ञप्तिमा सन् १९६० को दशकको शुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भैसकेको समेत स्पष्ट पारिएको छ ।

शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा रहेर सीमाका मुद्दा लगायत दुई मुलुकबीचको साझेदारी थप बलियो तुल्याउन चीनले चाहेको विज्ञप्तिमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.