यस वर्ष मनसुन शुरु भएयता बाढीपहिरोमा परी ११६ जनाको मृत्यु

0

काठमाडौं : देशका विभिन्न ठाउँमा गएको बाढी, पहिरो र डुबानमा परि गएको जेठ ३० यता १ सय १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेको प्रहरीले जनाएको छ ।

बाढीपहिरोमा परि बेपत्ता भएका ४४ जनाको अवस्था अझै अज्ञात छ । पहिरोमा परेर पर्वतमा मात्रै शुक्रबार ११ जनाको मृत्यु भएको छ ।

बाढीपहिरो र डुबानमा परी सो अवधिमा १३६ जना घाइते भएका छन् । बाढीपहिरोमा परेका एक हजार २ सय ८९ जनालाई सुरक्षित ठाँउमा स्थानान्तरण गरिएको छ ।

तीन महिनाको अवधिमा एक हजार ३ सय ४५ विपद्का घटनाहरु भएको तथ्यांकले देखाएको छ । विपदमा परेर एक हजार २ सय ६९ परिवारका छ हजार १ सय ११ मानिस विस्थापित भएका छन् ।

तीन हजार १ सय ८२ घर डुबानमा परेका छन् । ९ सय ७८ घर, १ सय ६४ गोठ, ६६ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ३ सय ३ वटा पशु मरेका सरकारी तथ्यांक छ ।

Leave A Reply

Your email address will not be published.