अफगानिस्तानमा तालिबानले आज नयाँ सरकार घोषणा गर्दै

0

एजेन्सी : अफगानिस्तानमा आज तालिबानले नयाँ सरकार घोषणा गर्ने भएको छ । सरकारको नेतृत्व तालिबानका सहसंस्थापक एवं दोहास्थित राजनीतिक कार्यालयका प्रमुख मुल्ला अब्दुल गनी बरादरले गर्ने बताइएको छ ।

शुक्रबार नै सरकार घोषणा गर्ने तयारी भएपनि त्यसलाई एक दिनपछि सारिएको हो । सबै शीर्ष नेता राजधानी काबुल आइसकेको र नयाँ सरकार घोषणाको अन्तिम तयारी रहेको तालिबानका प्रबक्ताले बताएका छन् ।

मुल्ला बरादरसँगै तालिबानका संस्थापक मुल्ला उमरका छोरा मुल्ला मोहम्मद याकुब र शेर मोहम्मद अब्बास स्टेनजकईले पनि नँया सरकारमा समेटिने बताइएको छ ।

तालिबानका सर्वाेच्च नेता हबतुल्लाह अखुन्दजादाले धार्मिक पक्ष र इस्लाम दायरामा रहेर इरानी शैलीको राज्य व्यवस्थाको ढाँचाको स्वरुप तयार गरेको बताइएको छ ।

नयाँ तालिबानी सरकारमा १२ जना मुस्लिम विद्वान रहेको सुरा वा सल्लाहकार परिषदसँग २५ मन्त्री हुनेछन् । ६ महिनादेखि ८ महिनाभित्र महासभा बोलाउने योजना तालिबानको छ ।

महासभामा संविधान र आगामी सरकारको संरचनाबारे छलफल गर्न अफगान समाजका बूढापाका र प्रतिनिधिलाई सहभागी गराउने तयारी छ ।

Leave A Reply

Your email address will not be published.