एमसीसी अगाडि बढाउने सरकारको तयारी

0

काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’लाई अगाडि बढाउने प्रक्रिया थालेको छ ।

लामो समयदेखि संसदमा अनुमोदन हुनबाट रोकिएको एमसीसी अघि बढाउन सरकारले अस्पष्ट केही विषयबारे एमसीसी मुख्यालयमा पत्राचार गरेको छ ।

एमसिसीकी उपाध्यक्ष फतिमा सुमर सरकारलाई यसको अनुमोदनका लागि आग्रह गर्दै अर्को साता नेपाल आउन लागेको सन्दर्भमा सरकारले पत्राचार गरेको हो ।

शुक्रबार नेपालस्थित अमेरिकी राजदूतावासमार्फत एमसीसी मुख्यालयलाई सरकारले पत्राचार गरेको हो । सम्झौताबारे राजनीतिक र जनस्तरमा उठेका प्रश्नबारे स्पष्ट गर्न सरकारले एमसीसी मुख्यालयलाई पत्राचार गरेको हो ।

एमसीसी अमेरिकाको इन्डो प्यासिफिकको रणनीतिको अंश नभएको र अनुदान आइपिएसँग सम्बन्धित नरहेको र नहुने सुनिश्चित भए एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउने सरकारको तयारी छ ।

एमसीसी नेपालको संविधान, नेपालको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधिनता र राष्ट्रको हितविपरित छैन भन्ने सुनिश्चिता सरकारले खोजेको छ ।

एमसिसीका विषयमा राजनीतिक दलहरु समेत विभाजित रहेका छन् । कोही परित गर्ने पक्षमा छन् भने कोही विपक्षमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.