वामदेव गौतमले एमालेको सबै जिम्मेवारीबाट दिए राजीनामा

0

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उपाध्यक्ष गौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् ।

गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् । २०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका हुन् ।

एमालेबाट राजिनामा दिए पनि अब के गर्ने भन्ने गौतमले खुलाएका छैनन् । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए ।

उनले नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए । पार्टी विभाजनपछि उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने चर्चा थियो । तर जनताको बहुदलीय जनवाद नमानेको भन्दै गौतम नेपाल नेतृत्वको पार्टीमा पनि गएका छैनन् ।

Leave A Reply

Your email address will not be published.