लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन

0

काठमाडौं : लुम्बिनी प्रदेश सरकारले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद्ले कार्य विभाजन हेरफेर भएको हो ।

यसअघि बिना विभागीय मन्त्री बनेका अजयबहादुर शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिइएको छ । सरकार प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ ।

यस्तै शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी समेत थपिएको छ । प्रदेश मन्त्रिपरिषद्ले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संसोधन गरेपछि नयाँ कार्यविभाजन अनुसार मन्त्रीहरूलाई जिम्मेवारी दिइएको हो ।

यसअघि बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मौजुदा मन्त्रालयहरूको कार्यविभाजन हेरफेर गर्नुका साथै मन्त्रालयको संख्या समेत ११ बाट बढाएर १३ पुर्‍याउने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.