न्यूयोर्कमा बाढीका कारण एकै परिवारका तीन नेपालीको मृत्यु

0

काठमाडौं : अमेरिकाको न्यूयोर्कमा आइडा आँधीका कारण परेको मुसालधारे बर्षात र बाढीमा परेर तीन जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुने तीनै जना नेपालको सोलुखुम्बुको एकै परिवारका सदस्य रहेको युनाइटेड शेर्पा एसोसियसन अमेरिकाले जनाएको छ ।

मृत्यु हुनेमा दुधकुण्ड नगरपालिका वडा नम्बर– २ जुनवेशी घर भई हाल न्यूयोर्कमा बस्दै आएका आङ गेलु लामा रहेका छन् ।

बाढीमा परेर उनकी २० वर्षीया श्रीमती मिङ्मा याङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाको पनि मृत्यु भएको छ ।

लामाको परिवार न्युयोर्कको क्विन्सस्थित उडसाइड स्थित सिक्सटि फोर स्ट्रीट फोरको बेस म्यानमा बस्दै आएको थियो । लामा १४ वर्षदेखि न्युयोर्कमा बसोबास गदै आएका थिए ।

बाढीका कारण न्यूयोर्कमा मात्रै कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु अधिकांश भवनका सबैभन्दा तल्लो तलामा डुबेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.