देउवाले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर राष्ट्रघाती सम्झौता गर्न खोजे : भीम रावल
काठमाडौं : एमाले उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ अघि बढाउन खोजेको आरोप लगाएका छन् ।
ट्विट गर्दै नेता रावलले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको आरोप लगाएका हुन् ।
अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको उनले उल्लेख गरेका छन् ।
अहिलेको सरकार जनअनुमोदित नभएकाले देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई नभएको उपाध्यक्ष रावलको दाबी छ ।
एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउँदै छिन् । एससीसी सम्झौता लामो समयदेखि संसदमा विचाराधिन छ । सम्झौता अनुमोदन गर्ने या नगर्नेमा दलहरु समेत विभाजित छन् ।