बलियो कांग्रेसबाटमात्रै देशको विकास सम्भव : सभापति देउवा
काठमाडौं : प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलियो कांग्रेसबाटमात्रै देशको विकास सम्भव रहेको भन्दै कांग्रेसलाई बलियो पार्टी बनाउने उद्घोष गरेका छन् ।
पार्टी वडा अधिवेशनका अवसरमा शुक्रबार भिडियो सन्देश जारी गर्दै देउवाले संघीय लोकतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताएका हुन । सभापति देउवाले जनताको विश्वास जितेर अघि बढ्ने प्रण समेत गरेका छन् ।
सभापति देउवाले कोरोना महामारीका बीच संवैधानिक बाध्यताका कारण महाधिवेशन गर्नु परेको उल्लेख गर्दै सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् ।
सन्देशमा उनले आन्तरिक लोकतन्त्रमा कांग्रेस सदैव अगाडि रहेको उल्लेख गर्दै देउवाले स्वस्थ प्रतिस्पर्धाले जनजनमा नयाँ रक्तसञ्जार गर्ने धारणा पनि राखेका छन् ।
कांग्रेसलाई सशक्त बनाउने अभियानमा नेता कार्यकर्ता होमिसकेको उल्लेख गर्दै देउवाले गाउँ टोलका मुद्दालाई आफ्नो बनाउनसमेत आग्रह पनि गरे ।