एनआरएनए बेल्जियमका निबर्तमान अध्यक्ष चित्र सुबेदी युरोप उपसंयोजकमा उम्मेद्वारि दिदै
गैर आबासीय नेपाली संघ बेल्जियमका निबर्तमान अध्यक्ष चित्र सुबेदीले आगामी दसौ महाधिबेशनमा युरोप उपसन्योजक पदमा उम्मेद्बारी दिने घोषणा गरेकाछन । बेल्जियमको नेपाली समुदायमा स्थापित सामाजिक ब्यक्तित्व बनाएका सुबेदी लामो समय जन प्रगतिशिल मन्च बेल्जियमको अध्यक्ष थिए ।
एनआरएनए बेल्जियमको निबर्तमान भएको समितिमा निर्बिरोध निर्बाचित अध्यक्ष भएका सुबेदीलाई समुदायमा समन्वय र सहकार्य गर्न सक्ने मिलनसार नेताको रुपमा बेल्जियमका नेपालीहरुले चिनेकाछन । दुई दशक देखि बेल्जियममा बसोबास गरिरहेका रेस्तुरेन्ट ब्यबसायी सुबेदी बाम राजनितीमा नेपालमै परिचित नाम हो । साँगठनिक प्रकृया र पद्धति अनुसार सामाजिक संस्था चलेमा समाजमा एकता हुने र जनअपेक्षा अनुसार काम पनि हुने भएकोले आफुले बैचारिक संगठन र सामाजिक संस्थाको नेत्रित्व गर्दा सदैब इमान्दारिता पूर्वक संस्थागत जिम्मेवारिलाई बिधी र पद्धति अनुसार निभाउने प्रयास गरेकोले कार्यकाल सफल भएको सुबेदीको स्वीकारोक्तिछ ।
एनसीसी बेल्जियमको नेत्रित्व गर्दा संगठनको डेढ दशक लामो ईतिहासमा पारदर्शिता, प्रभाबकारिता र संस्थालाई आर्थिक रुपमा सक्षम बनाउने काममा उनको कार्यकाललाई सबैले अहिले सम्मकै उत्तम भन्ने गरेकाछन । कोरोनाले आक्रान्त बनाएको अबस्थामा बेल्जियममा समस्या परेका नेपालीहरुलाई सहयोग, कास्कीमा अक्सिजन प्लान्ट स्थापना , बिभिन्न जिल्लामा स्वास्थ्य सामाग्री सहयोग , बिकट जिल्ला जाजरकोटमा स्वास्थ्य चौकी निर्माण र बेल्जियम स्वास्थ्य बिमा कम्पनी सँगको सम्झौताबाट संगठनलाई दिर्घकालिन कोषको ब्यबस्था र कोषको पारदर्शी परिचालन उनको कार्यकालमा गरिएका कामलाई बेल्जियमको समुदायले प्रशंशा गरेकाछन , ।
गैर आबासीय नेपाली संघको अबधारणा भन्दा बाहिर गएर केही ब्यक्तिहरुले चलखेल गर्दा संगठनमा आबद्ध सबैले गाली खानु पर्ने र बद्नामी ब्यहोर्नु पर्ने अबस्थालाई अन्त्य गर्न आफुले आइसिसी भित्र रहेर काम गर्न चाहेको बताउने सुबेदी आफ्नो उम्मेद्बारीको औचित्य पुष्टि गर्दै चारदिशालाई भन्छन एनआरएनएमा राजनिती छिर्यो भनेर ठुलो स्वरले कराउनेहरुनै अनाबस्यक राजनितिक दाउपेच गर्छन् ।
शुद्धिकरणको अभियान अग्रजहरुले आफुबाटै सुरु गर्नु पर्ने उनको सुझाबछ । आगामी नेत्रित्वले संघको सुदूर भबिष्य सोचेर काम गर्न नसके आजसम्मको सयौ अभियन्ताहरुको लगानी खेर जाने र बिदेशको नेपाली समुदायबाट पाउन सक्ने सीप , पुजी , भाबनात्मक र कर्तब्यपालनको अबसरबाट मातृभूमी बन्चित हुने हुँदा यो संस्थालाई जसरी पनि शुद्धिकरण गर्ने आफ्नो योजना रहेको सुबेदी बताउछन ।
सक्षम नेपाली भए सक्षम संगठन र सक्षम संगठन भए सक्षम नेपाली हुने हुँदा निस्वार्थ यो संगठनलाई सहयोग गर्न प्रबासका नेपालीहरुलाई सुबेदीले अनुरोध गरेकाछन । पदीय होडबाजिलाई लगम लगाएर काम र सकृयताको मुल्याङ्कन गर्ने जिम्मेवारि आम एनआरएनको भएकोले बिबेक पुर्याएर आफ्नो जिम्मेवारि पुरा गर्न पनि सुबेदीले आग्रह गरेकछन ।