प्रचण्डले लिए झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
अध्यक्ष दाहालले बुधबार बिहान डल्लुस्थित खनाल निवासमा पुगेर स्वास्थ्यबारे जानकारी लिएका हुन् ।
पूर्वप्रधानमन्त्री खनाललाई भेट्न उनी फूलको बुकी लिएर गएका थिए । भेटमा दाहालले खनालको पूर्णस्वास्थ्य लाभको कामना गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
खनालले हालै भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए । उनी यही भदौ १४ गते स्वदेश फर्किएका थिए ।