सुदूरपश्चिम प्रदेशमा एमालेका १० सांसदले एकीकृत समाजवादी रोजे
काठमाडौं : सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्मको समय दिएको थियो ।
तर सूदुरपश्चिममा मंगलबार नै १० सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका हुन् ।
एकीकृत समाजवादी रोज्दै सनाखत गर्नेहरुमा प्रदेशसभा सदस्य तथा आन्तरीक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक बिकाश मन्त्री लाल बहादुर खड्का, प्रदेश सभा सदस्यहरु अम्मर साउँद, चुनकुमारी चौधरी, मना साउँद, कुलबिर चौधरी, सुशिला बुढाथोकी, दुर्गा कामी, माया भट्ट र बल बहादुर सोडारी रहेका छन् ।
निर्वाचन आयोगको कार्यालयमा पुगेका सांसदहरु दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन । सांसद जोशीले १४ भन्दा बढी सांसदले एकीकृत समाजवादी पार्टी रोज्ने दाबी गरिन् ।