काठमाडौं : नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका १२ जना प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । १२ प्रदेशसभा सदस्यले मंगलबार बागमती प्रदेश निर्वाचन कार्यालयमा पुगेर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गरेका हुन् ।
प्रदेशसभा सदस्यहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्कीले सनाखत गरेका हुन् ।
सनाखतपछि सांसदहरुले यो संख्या अझै थप हुने बताएका छन् । नवगठित पार्टीमा वाग्मती प्रदेशका २१ जना सांसदहरु रहेको सांसदहरुको दाबी छ ।
प्रदेशको सामाजिक विकास मन्त्री रहेका कृष्णप्रसाद शर्मा खनालले पनि समाजवादीको पक्षमा निर्वाचन आयोगमा आएर सनाखत गर्ने बताइएको छ ।