कोभिडका कारण पत्रकारिता र संचार उद्योगमा परेको असर र समाधानबारे प्रेस इन्स्टिच्युटको अन्तर्कृया
तिलक बाबू , भाद्र १५, कोहलपुर,
सुचना तथा सञ्चार मन्त्रालयको सहयोगमा नेपाल प्रेस ईन्स्टिच्युले कोभिडका कारण पत्रकारिता र संचार उद्योगमा पारेको असर र ब्यबस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ।
मङ्गलवार दिउँसो भर्चुअल माध्यमबाट भएको कार्यक्रममा सातै प्रदेशका पत्रकार महासंघ र प्रेस काउन्सिलका पदाधिकारीहरुको सहभागीता रहेको थियो। कार्यक्रमको अध्यक्षता नेपाल प्रेस ईन्स्टिच्युका कार्यवाहक अध्यक्ष मन्टेश्वरी राजभण्डारीले गर्नु भएको थियो, भने प्रमुख अतिथि बैकुण्ठ अर्याल र बिशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल हुनुहुन्थ्यो।
कार्यक्रममा मन्तव्य राख्ने सातै प्रदेशका पदाधिकारीले कोभिडका कारण भोग्नु परेको समस्या लगायत कोभिड संक्रमित पत्रकारलाई सहयोग गरिरहेको र कोभिडका कारण ज्यान गुमाउने सातै प्रदेशका पत्रकारहरुको लागि राहत प्याकेज सहित प्रदेश सरकार र पत्रकार महासंघको समन्वयमा थप सहयोग गर्ने जानकारी दिनु भयो।
कोभिडका कारण पत्रकारिता जगत नै धरासायी बन्दै विभिन्न सञ्चार माध्यम नै बन्द भएको र पत्रकारहरुले काम छोड्नु परेको स्थिति न्यूनीकरण गर्नको लागि पत्रकार महासंघ तत्पर रहेको अध्यक्ष बिपुल पोख्रेलले जानकारी दिनु भयो।