काठमाडौं उपत्यकाको फोहोर बुधबारदेखि उठाइने

0

काठमाडौं : काठमाडौँ उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर बुधवार बिहानदेखि उठाइने भएको छ ।

मंगलबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक र काठमाडौंको प्रहरी प्रमुख सहितको बैठकले फोहोर उठाउने निर्णय गरेको हो ।

लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने गरि फोहोरउठाउने निर्णय भएको बताए । उनले स्थानीयको अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने जानकारी दिए ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले सिसडोल जाने बाटो सडक विभागले काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर तत्काल व्यवस्थापन गर्ने निर्णय भएको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.