झलनाथ खनाल अब कुनै पनि कार्यकारी पद नलिने

0

काठमाडौं : नेकपा एकिकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अब कुनै कार्यकारी पद नलिने घोषणा गरेका छन् ।

भारतमा मिर्गौला प्रत्यारोपण गरेर फर्किएका खनालले त्रिभुवन विमानस्थलमा आफ्नो बाँकी जीवन राष्ट्रियता, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनप्रति समर्पित गर्ने बताए ।

लिखित वक्तव्य अरुलाई पढ्न दिएका खनालले आफुले बोनस जीवन पाएको भन्दै देश, राष्ट्रियता र नेपाली मोडलको समाजवाद निर्माणका निम्ति खर्चिने बताए ।

नेता खनालले नेकपा एमाले आफुहरुको रगत र पसिनाले निर्माण गरेको पार्टी भएको बताउँदै ओलीले एमालेलाई दक्षिणपन्थी भासमा धकेलिदिएको आरोप लगाए ।

खनालले नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो मिर्गौला प्रत्यारोपण गराएका थिए । खनाललाई स्वागत गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले त्रिभुवन विमानस्थलमा पुगेका थिए ।

खनाल दिल्लीमा रहँदा नेकपा एमाले विभाजित भएको थियो । विभाजित दलको वरिष्ठ नेतामा खनालले निर्वाचन आयोगमा सनाखत गर्ने समयमा दूतावासमार्फत सनाखत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.